नेपाली सेनामा खुल्यो जागिर, डाक्टर, पाइलटदेखि लेखा उपसेनानीसम्म

अनलाइनसमय |
३० कार्तिक २०८१
नेपाली सेनामा खुल्यो जागिर, डाक्टर, पाइलटदेखि लेखा उपसेनानीसम्म

काठमाडौं, ३० कार्तिक । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन खुला गरेकको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई एवम् विविध सेवातर्फका अधिकृत पदहरुका लागि दरखास्त आह्वान गरेको हो ।

भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको छ ।

दरखास्त दिने म्याद कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर मंसिर ३० देखि पुस ६ गतेसम्म पनि दरखास्त दिन सकिने छ ।

दरखास्त बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँको बैंक भौचर बुझाउनुपर्ने सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस