गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

अनलाइनसमय |
२७ कार्तिक २०८१
गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमडौं, २७ कार्तिक । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार बिहान काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो ।

मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।

उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैदको सजाय सुनाएको थियो । उच्चको फैसलाविरुद्ध मनाङे निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन गत साता सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको थियो ।

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।

मनाङ प्रदेश सभा–२ बाट २०७४ र २०७९ को चुनावमा स्वतन्त्रबाट निर्वाचित मनाङे प्रदेशसभामा भएको सत्ता फेरबदलको फाइदा उठाउँदै पटकपटक मन्त्री बनेका थिए । उनको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस