विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको प्रक्षेपण

अनलाइनसमय |
२९ असोज २०८१
विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष १०० ट्रिलियन डलर पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौं, २९ असोज । आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था ‘अपेक्षाभन्दा खराब’ हुन सक्ने चेतावनी दिँदै मङ्गलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ ।

वित्तीय नीति सम्बन्धि पछिल्लो प्रतिवेदनमा, आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ९३ प्रतिशत र सन् २०३० सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ । यो तथ्याङ्क कोभिड–१९ महामारी आउनु भन्दा पहिले को तुलनामा १० प्रतिशतले बढी हो ।

विश्वव्यापी सार्वजनिक ऋण उच्च भएको आइएमएफको ‘फिस्कल अफेयर्स डिपार्टमेन्ट’का उप निर्देशक एरा डाब्ला–नोरिसले प्रतिवेदन प्रकाशन हुनुअघि पत्रकार समक्ष बताएका हुन् ।

ऋणको बोझ अपेक्षाभन्दा बढी हुने धेरै कारण भएको भन्दै उनले जलवायु परिवर्तन, अत्यधिक आशावादी ऋण अनुमान तथा ठूलो मात्रामा अज्ञात ऋणको सम्भावना जस्ता सवाललाई सम्बोधन गर्न हालको खर्च सन्तुलित नरहेको उल्लेख गरेका छन् ।

आइएमएफको प्रतिवेदनले ऋण अनुमानको जोखिम मूल्याङ्कन गर्न नयाँ ‘ऋणमा जोखिम’ दृष्टिकोण प्रस्तुत गरेको छ ।

प्रतिवेदनमा खराब अवस्थामा, विश्वव्यापी सार्वजनिक ऋण सन् २०२६ सम्ममा जीडीपीको ११५ प्रतिशतमा पुग्न सक्ने अनुमान गरिएको छ । यो तथ्याङ्क कोषको आधारभूत अनुमान भन्दा लगभग २० प्रतिशत बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस