फागुन-७,काठमाडौं । लामो समय सम्म चलेको सिरियाको गृहयुद्ध बिराम भए सँगै सिरियन नागरिकहरु घर फिर्ति हुन सुरु गरेका छन् । देशमा संकटकाल लागेर अवस्था नाजुक भए पछि नागरिकहरु भागेर जोर्डन, साउदीअरब, बहराइन लगायतका मुलुकहरुमा पुगेका थिए ।
सिरियन सरकारले बिद्रोही शक्ति लाई नियन्त्रणमा लिए सँगै जोर्डनले जाबोर नाका गत अक्टोबर देखि खुला गरिदिएको हो । तत् पश्चात दैनिक हजारौँ नागरिकहरुका साथै पर्यटकहरुका कार,बस, लरी लगायतका गाडीहरुको भिडले घण्टौ जाम देखिएको छ । उनिहरुले घर फिर्ती सँगै आफ्ना घर बनाएर बश्ने कुरा बि बि सि लाई वताएका छन ।