casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कसरी कम गर्ने मस्तिष्क थकान ?

अनलाइनसमय |
१४ असोज २०८१
कसरी कम गर्ने मस्तिष्क थकान ?

अस्मिता सापकोटा
काठमाडौं, १४ असोज । हामीमध्ये प्रायः सबैलाई दिमाग सोच्नकै लागि बनेको हो, यसको काम नै सोच्ने हो भन्ने लाग्छ । हुन पनि हो हामी दिमागमा आउने सोचहरुबाटै परिचालित छौं । हाम्रा अंगप्रत्यंगले पनि यसकै निर्देशन अनुसार कार्य गर्छन् । तर कतिपयलाई थाहा नभएको कुरा के हो भने धेरै सोच्दा मस्तिष्कमा बल पर्छ र थकान महसुस हुन सक्छ । हालसालै भएको एक अध्ययनबाट यो पत्ता लगाइएको हो । हुन त धेरै सोच्ने बानी परेकाहरुले सोच्दा दिमागमा बल परेजस्तो अनुभव गरेका पनि हुन सक्छन् ।

केही मानिसका लागि मानसिक कार्य बोझिलो हुने आफूले अनुमान गरेको, तर उक्त कार्य गर्दा परेको मानसिक दबाबलाई मानिसले नकारात्मक रुपमै लिन्छन् भन्ने अपेक्षा नगरेको उक्त अध्ययनका वरिष्ठ लेखक तथा नेदरल्याण्ड्सस्थित राडबाउड विश्वविद्यालयका प्राध्यापक एरिक बिजलेवेल्ड बताउँछन् ।

मानिस आफूले मानसिक कार्य गरेबापत प्राप्त उपलब्धि र प्रशंसाबाट आनन्दित भए पनि त्यस कार्यमा गर्नुपर्ने मानसिक प्रयासको आनन्द लिन नसक्ने उनको बुझाइ छ । साथै उनीहरूले त्यसबाट निराश र तनावग्रस्त महसुस गर्ने गरेको उनको अध्ययनमा पाइएको छ ।

सामान्य रूपमा भन्नुपर्दा मानिसहरूले मानसिक रुपमा कडा परिश्रम गर्नु भन्दा पीडादायी नै भए पनि अत्यधिक शारीरिक कार्य गर्न रुचाउने गरेको पाइएको उक्त अध्ययनले देखाएको छ ।

मानिसहरुले मानसिक कार्यको तुलनामा शारीरिक कार्य मन पराए तापनि अहिलेको प्राविधिक युगमा बौद्धिक र सिर्जनात्मक कार्यको महत्व धेरै छ । साथै प्रायः सबै कार्यसँग सिर्जनात्मकता जोडिएर आउँछ । त्यसमाथि कार्य क्षेत्रमा हुने प्रतिस्पर्धाका कारण पनि सिर्जनात्मकता बढाउँदै मानसिक तनवलाई पनि व्यवस्थित गर्दै अगाडि बढ्नुपर्ने चुनौती छ ।

 

मस्तिष्कको थकान कम गर्न सकिने केही उपायहरु :

१. मानसिक दबाब पर्ने कार्य गर्दा नियमित विश्राम लिने

मानसिक दबाब पर्ने खालका कामहरु गर्दा कामको बिचबिचमा उठेर हिँड्ने, हल्का व्यायाम जस्ता क्रियाकलाप गर्दा पुनः काम गर्न स्फूर्ति आउनुका साथै मस्तिष्क पनि ताजा हुन्छ । यसो गर्दा कार्य समय बढेको जस्तो देखिए तापनि कार्य कुशलतामा निखार आउँछ ।

२. धेरै दबाबमा काम नगर्ने

दिमागले धेरै सोच्नुपर्ने खालका काम धेरै हतार वा दबाबमा गर्नु हुँदैन । यसरी काम गर्दा झन् बिग्रने सम्भावना हुन्छ । यसको साटो अलि धेरै समय खर्चेर काम गर्दा मस्तिष्कलाई धेरै तनाव पनि हुँदैन । साथै काम पनि सफल हुने सम्भावना बढ्छ । सिर्जनात्मकताको प्रयोग गर्नुपर्ने कार्यमा त झनै समयको भरपुर आवश्यकता हुन्छ । समय दिएर सिर्जिएको कार्यबाट सन्तुष्टि पनि मिल्छ । साथै यसले दिमागलाई समेत कम भार पार्छ ।

३. कामलाई व्यवस्थित गर्ने

धेरै काम अस्तव्यस्त हुँदा पनि दिमागमा बोझ पर्छ । कामलाई महत्वको आधारमा विभाजन गरेर एकपछि अर्को काम गर्दा दिमागलाई कम बोझ पर्छ । साथै व्यवस्थित तरिकाले काम गर्दा काम छिटो पनि सकिन्छ, जसले गर्दा कामका लागि सोच्नु तथा योजना बनाउन खर्च गर्नुपर्ने समय छोटिन्छ ।

४. रातमा आरामले निदाउने

प्रशस्त निद्रा मानव शरीरको लागि अत्यन्त आवश्यक छ । निद्रा पुगेन भने दिमागले आराम पाउँदैन । आराम नपुग्दा मानसिक बल पर्ने कार्य गर्न दिमागलाई कठिनाइ हुन सक्छ । कुशलतापूर्वक सिर्जनात्मक कार्य गर्न दिमागलाई आराम दिनु अत्यावश्यक छ । यसको लागि रातको निद्रा चाहिन्छ ।

५. प्रशस्त पानी पिउने

प्रशस्त पानी पिउँदा थकान मेटिनुका साथै एकाग्रता पनि बढ्छ । दिमाग ठण्डा राख्न र छोटो समयकै लागि स्मरण शक्ति बढाउन पनि पानीको महत्व हुन्छ । त्यसैले दिमागले धेरै सोच्नुपर्ने तथा सिर्जनात्मक कार्य गर्दा प्रसस्त पानी पिउँदा काम गर्न सहज हुन्छ । साथै यसबाट थकान महसुस पनि कम हुन्छ ।

६. शारीरिक क्रियाकलापमा ध्यान दिने

मानसिक स्वास्थ्य सबल बनाउने प्रमुख उपाय नै प्रशस्त शारीरिक क्रियाकलाप गर्नु हो । यसले दिमागी थकान मेटाउनुका साथै सिर्जनात्मकता वृद्धि गर्न पनि सघाउँछ ।

७. सन्तुलित आहार

मानसिक तनाव कम गर्ने अर्को उपाय सन्तुलित आहारको सेवन हो । हामीले के खान्छौं भन्ने कुराले नै हामी शारीरिक र मानसिक रुपमा कस्तो अवस्थामा छौं भन्ने निर्धारण गर्छ । हामी जे जस्तो खान्छौं, मस्तिष्कले पनि त्यही अनुसार कार्य गर्छ । ताजा फलफूल तथा सागसब्जी खानाले शारीरिक तथा मानसिक स्वास्थ्य दुवैलाई फाइदा पु¥याउँछ । मानसिक स्वास्थ्य सबल हुँदा मात्र दिमागी थकान र तनाव सजिलै व्यवस्थापन गर्न सकिन्छ ।

(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun