• ताजा समाचार, प्रदेश, राजनीति

    सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

     125 Views
    सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

    काठमाडौं, ६ असोज । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालू आर्थिक वर्ष २०८१÷८२ को बजेट बहुमतले पारित भएको छ ।

    गत ३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

    छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए । तर, आइतबार भने बजेट बहुमतले पारित भयो ।

    प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरे ।

    यसमा तपाइको मत

    Facebook Comment