दुई महीनामा बंगलादेशमा ९ करोडको वस्तु निर्यात

अनलाइनसमय |
४ असोज २०८१
दुई महीनामा बंगलादेशमा ९ करोडको वस्तु निर्यात

काठमाडौं, ४ असोज । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा नेपालले बंगलादेशमा करीब ९ करोडको वस्तु निर्यात गरेको छ । विगत दुई महीनामा नेपाल र बंगलादेशबीच ७५ करोड ८३ लाख रुपैयाँ बराबरको व्यापार पूर्वी नाका काँकडभिट्टाबाट भएको छ । सो अवधिमा रु. आठ करोड ९९ लाख २० हजार बराबरको मालवस्तु बङ्गलादेश निर्यात भएको छ भने ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान आयात भएको छ, जसअनुसार नेपालले ५७ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको हो ।नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमाकार्यालयको तथ्याङ्कअनुसार नेपालबाट मुख्य रुपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ । दुई महिनामा रु. सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ ।
गोदाम व्यावस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालबस्तु बङ्गलादेशबाट आयात भएका छन् । सो अवधिमा सबैभन्दा बढी रु. ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ मूल्य बराबरको जुट आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस