तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनसमय |
२ असोज २०८१
तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २ असोज । साताको चौथो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसको अघिल्लो सुन प्रतितोला दिन १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८९० रुपैयाँ कायम भएको महासँघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोलामा १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३४ हजार ९० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६२० रुपैया ५० पैसा कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस