सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला १ लाख ५७ हजार ३ सय पुग्यो

अनलाइनसमय |
३१ भदौ २०८१
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, प्रतितोला १ लाख ५७ हजार ३ सय पुग्यो

काठमाडौ, ३१ भदौ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढर प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएो थियो, जुन सोमबार नै तोडिएको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस