सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ५७ हजार नजिक

अनलाइनसमय |
३० भदौ २०८१
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला १ लाख ५७ हजार नजिक

काठमाडौं, ३० भदौ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँले बढर प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत भदौ २८ गते (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस