प्रधानमन्त्री ओलीले ३१ भदौमा संसदलाई सम्बोधन गर्ने

अनलाइनसमय |
२७ भदौ २०८१
प्रधानमन्त्री ओलीले ३१ भदौमा संसदलाई सम्बोधन गर्ने

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको हो ।

प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा भाग लिन ४ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यतालिका छ । प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण यसअघि बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस