• ताजा समाचार, पर्यटन

    पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

     138 Views
    पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं, २५ भदौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सीईओका प्रतिस्पर्धी रेग्मीले बोर्ड सञ्चालक समितिले प्रक्रिया नपु¥याई दीपकराज जोशीलाई सीईओ नियुक्त गरेको दाबी गरेका छन् ।

    बोर्डका पूर्वसीईओ डा. धनन्जय रेग्मीले बढी नम्बर ल्याउने र एक नम्बरमा सिफारिश भएको व्यक्ति (आफू)लाई नियुक्त नगरेर कम नम्बर ल्याउने दीपकराज जोशीलाई नियुक्त गरेको भन्दै सीईओ नियुक्तिविरुद्ध बुधबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।

    प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरे पनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् । रिट निवेदनमा रेग्मीले आवेदकले परीक्षामा पाएको प्राप्तांक नै नहेरी गरिएको नियुक्ति र नियुक्ति पत्रले वैधानिक प्राप्त गर्न नसक्ने जिकिर गरेका छन् ।

    यही भदौ २० मा बोर्ड सञ्चालक समिति बैठकले दोस्रो नम्बरमा रहेका जोशीलाई सीईओ नियुक्ति गरेको थियो । वरियतामा दोस्रो नम्बरमा रहेका व्यक्तिको अंक लुकाउँदै नियुक्ति गरिएको दाबी रिट निवेदनमा गरिएको छ । रेग्मी पहिलो नम्बरमा रहेका थिए । उक्त रिटको पेसी बुधबारलाई तोकिएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment