विश्वकप लिग–२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

अनलाइनसमय |
२५ भदौ २०८१
विश्वकप लिग–२ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

काठमाडौं, २५ भदौ । क्यानडामा हुने आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ ।

क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ ।

लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग २ खेल्न अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुवै सिरिज हुनेछ ।

लिग–२ खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस