काठमाडौं, २ साउन । नेकपा एमालेकी सांसद प्रतीक्षा तिवारीले शिक्षकहरुलाई मासिक दुई हजार रुपैयाँ खाजा भत्ता दिन प्रस्ताव गरेकी छन् ।
बुधबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शिक्षाको गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई महिनाको दुई हजार रुपैंया खाजा खर्च दिने कानूनी व्यवस्था विधेयकमा समेट्न प्रस्ताव गरेकी हुन् ।
विद्यालय शिक्षा विधेयकमा संशोधन हालेकी उनलाई समितिले छलफलका लागि बोलाएको थियो ।
त्यस्तै उनले प्रधानाध्यापकको भत्ता पनि तलबको १५ प्रतिशत हुनुे प्रस्ताव गरेकी छन् । अहिले सरकारले ५ सय रुपैयाँ उपलब्ध गराएको भत्ता टेलिफोन खर्च पनि नपुग्ने उनको भनाई छ ।