२६ महिना यताकै उच्च अङ्कमा नेप्से, करिब सवा ९ अर्बको कारोबार

अनलाइनसमय |
१ साउन २०८१
२६ महिना यताकै उच्च अङ्कमा नेप्से, करिब सवा ९ अर्बको कारोबार

काठमाडौं, १ साउन । मंगलबार शेयर बजार २६ महिना यताकै उच्च अंकमा पुगेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ ७० दशमलव १८ अङ्कले बढेर २३ सय १० दशमलव ५९ को विन्दुमा कायम भएको छ । सोमबार नेप्से १७.१८ अङ्कले घटेर २२४० दशमलव ४१ को विन्दुमा बन्द भएको थियो ।

मंगलबार कारोबारमा पनि वृद्धि भएको छ । आज २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर १ लाख १९ हजार ११ पटक किनबेच हुँदा कुल ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँको कारोबार भएको छ । सोमबार ८ अर्ब ७३ करोडभन्दा बढीको कारोबार भएको थियो ।

आज ३१५ धितोपत्रको कारोबार हुँदा २३४ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ८ धितोपत्रको मूल्य घटेको छ ।

मंगलबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये म्युचुअल फन्ड बाहेक सबै समूहको उपसूचक बढेको छ । यस दिन हाइड्रोपावर समूहको उपसूचक सबैभन्दा बढी ५.४५ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंकको ४.९४, होटल एन्ड टुरिजमको ३.६३, लगानी समूहको ३.०६, जीवन बीमाको २.९६, व्यापार समूहको २.८८, बैंकिङ समूहको २.७५ र लघुवित्त समूहको उपसूचक २.३० प्रतिशतले बढेको छ ।

यस दिन ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, र मन्दाकिनी हाइड्रोपार रहेका छन् । यस्तै सिकलेस हाइड्रोपावरको ९.९९, सिंगटी हाइड्रोपावर तथा रिडी हाइड्रोपावरको समान ९.९७, अरुणभ्याली हाइड्रो इङवा हाइड्रोपावरको ९.७ र अपी पावरको ९.६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज कारोबारमा आएका धितोपत्रमध्ये १०.५ % नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२, नबिल ग्रोथ फन्ड र ११ % एलबीबीएल डिबेन्चर २०८९ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस