एक वर्षपछि २२ सय अङक नाघ्यो नेप्से, ७ अर्बभन्दा बढीको कारोबार

अनलाइनसमय |
२८ असार २०८१
एक वर्षपछि २२ सय अङक नाघ्यो नेप्से, ७ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, २७ असार । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ ससय अङ्क नाघेको छ । बिहीबार नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले बढेर २२ सय ०४ दशमलव ६१ को विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्से परिसूचकले २२ अङ्क नाघेको एक वर्षपछि पहिलो पटक हो । यसअघि गत साउन ७ गते नेप्से परिसूचक २२२७ को विन्दुमा बन्द भएको थियो ।

बिहीबार कारोबार रकम पनि ७ अर्ब नाघेको छ । २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर ८७ हजार ८६ पटक किनबेच हुँदा कुल ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १४६ रुपैयाँको कारोबार भएको छ ।

आज ३३१ धितोपत्रको कारोबार हुँदा १५५ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ७८ धितोपत्रको मूल्य घटेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।

बिहीबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये लघुवित्त र व्यापार समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । आज जीवन बीमा समूहको उपसूचकमा लगानीकर्ताको आकर्षण सबैभन्दा बढी देखिएको छ । जीवन बीमा समूहको उपसूचक ३.०६ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ समूहको २.४२ , म्युचुअल फन्डको १.९० प्रतिशत, हाइड्रोपावरको १.४३ र निर्जीवन बीमा समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ ।

बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये सबेभन्दा बढी बलेफी हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै सिटिजन्स सुपर ३० म्युचुअल फन्डको ९.९७, नबिल स्टेबल फन्डको ९.८३, जानकी फाइनान्सको ८.७६ र सिटिजन्स म्युचुअल फन्ड– २ को ७.८२ प्रतिशतले शेयर मूल्य बढेको छ । आज समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४.५९ प्रतिशतले घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस