नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे ५ अर्बभन्दा बढीको कारोबार

अनलाइनसमय |
२६ असार २०८१
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, साढे ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, २५ असार । मंगलबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अङ्कले बढेर २१ सय ५२ दशमलव १४ को विन्दुमा बन्द भएको छ ।

मंगलबार साढे ५ अर्बभन्दा बढीको कारोबार भएको छ । १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर ६६ हजार ७१६ पटक किनबेच हुँदा कुल ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रुपैयाँको कारोबार भएको छ ।

यस दिन ३१६ धितोपत्र कारोबार आएका छन्, जसमध्ये १६८ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६८ धितोपत्रको मूल्य घटेको छ भने १० वटा धितोपत्रको मूल्य स्थिर छ ।

मंगलबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक बढ्दा ४ वटा समूहको उपसूचक घटेको छ । आज लघुवित्त समूहको उपसूचकमा लगानीकर्ताको आकर्षण सबैभन्दा बढी देखिएको छ । लघुवित्त समूहको उपसूचक ३.०६ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंकको २.५०, बैंकिङ समूहको ०.५३, हाइड्रोपावरको ०.५२, निर्जीवन बीमाको ०.४४, लगानी समूहको ०.३६, जीवन बीमाको ०.३६ र अन्य समूहको उपसूचक ०.६६ प्रतिशतले बढेको छ ।

आज उत्पादनमूलक समूहको ०.५४, व्यापार समूहको ०.३१, होटल एन्ड टुरिजमको ०.२८ र फाइनान्स समूहको उपसूचक को ०.१५ प्रतिशतले घटेको छ ।

मंगलबार कारोबारमा आएका धितोपत्रमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था छन् । यस्तै बुद्ध भुमी नेपाल हाइड्रोपावरको ९.९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९७ र सबैको लघुवित्त वित्तीय संस्थाको ९.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ सेच–२ को ५.४७ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको ४.००, बोतलर्स नेपाल (बालाजु) लिमिटेडको ३.९० प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस