काठमाडौं, २३ असार । सरकारले संक्रामकको सूचीमा ५२ रोगलाई राजपत्रमा सूचीकृत गरेको छ । सरकारले राजपत्रमा प्रकाशित गर्दै उक्त रोगहरु सूचीकृत गरेको हो ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त सूचीमा क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवर पनि समेटिएका छन्।
रेबिज, क्षयरोग, कोभिड–१९, डेंगु , जापनिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एचआईभी एड्स, इन्फ्न्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटा भाइरस, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरसलाई संक्रामक रोगमा सूचीकृत गरिएको छ ।
यस्तै, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङगो हेमोरेजिक, मारबर्ग भाइरल डिजिज्, सार्स, कमलपित्त ए, एमईआरएस, प्लेग, लिजियोनेलोसिस, इचिनोकोकोसिस, भ्यागुते रोगलाई पनि संक्रामकको सूचीमा राखिएको छ ।
सरकारले निमोकोकल निमोनिया, कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रिसेलोसिस, कुष्टरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्सन एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिटिस्टसकोसिस, चिननगुनिया, जिकालाई संक्रामक रोग भनेको छ ।