काठमाडौं, २१ असार । शुक्रबार तीन कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा राखेका छन् । लागि सूचना जारी गरेका छन् । प्रभू बैंक, प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स र आशा लघुवित्तले सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
प्रभु बैंकले ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले असार २१ देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल निवेदन पेस गर्नुपर्नेछ।
यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेको छ । कम्पनीका संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिइसक्नुपर्नेछ ।
यस्तै आशा लघुवित्तले एक हजार ८४० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यस कम्पनीको पनि शेयर खरिद गर्न इच्छुक संस्थापकले असार २१ देखि ३५ दिनभित्र खरिद गर्नु पर्ने छ ।