काठमाडौं, १६ असार । साताको सुरुको कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसुचक १४ दशमलव ८३ अङ्कले घटेर २ हजार ३७ दशमलव ०९ को विन्दुमा बन्द भएको छ ।
आज ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर ५० हजार ९ सय ५२ पटक किनबेच हुँदा कुल ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४०७ रुपैयाँको कारोबार भएको छ । यस दिन ३२० धितोपत्रको कारोबार हुँदा १९० धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४९ धितोपत्रको मूल्य बढेको छ भने ७ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आइतबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये फाइनान्स र उत्पादनमूलक समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । आज फाइनान्स समूहको उपसूचक ०.३४ र उत्पादनमुलक समूहको उपसूचक ०.०३ प्रतिशतले बढेको छ ।
कारोबार भएकामध्ये आज सबैभन्दा बढी लघुवित्त समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावरको १.०६, विकास बैंकको ०.८०, बैंकिङ समूहको ०.७०, लगानी समूहको ०.६६, जीवन बीमाको ०.४५, होटल एन्ड टुरिजमको ०.४०, व्यापार समूहको ०.३१, निर्जीवन बीमाको ०.२८, म्युचुअल फन्डको ०.१५ र अन्य समूहको उपसूचक ०.९५ प्रतिशतले घटथेको छ ।
आइतबार कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य ७.०६ प्रतिशतले बढेको छ । त्यस्तै मैलुङ खोला जलविद्युतको ५.७६, नबि ब्यालेन्स फन्ड–२को ५.३६, लक्ष्मी उन्नती कोषको ४.८८ र न्यादी हाइड्रोपावरको ४.३६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ९.३० प्रतिशतले घटेको छ । त्यस्तै साधना लघुवित्त वित्तीय संस्थाको ८.८७, गणपति लघुवित्त वित्तीय संस्थाको छ.७६, मन्दाकिनी हाइड्रोपावरको ५.६९ र माउन्टेन हाइड्रो नेपालको ५.२० प्रतिशतले शेयर मूल्य घटेको छ ।