नेप्सेमा ८.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

अनलाइनसमय |
१४ असार २०८१
नेप्सेमा ८.२४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १३ असार । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२४ अंकले घटेको छ । बिहीबार नेप्से परिसुचक ८.२४ अंकले घटेर २ हजार ५१ द्यशमलव ९२ को बिन्दुमा बन्द भएको छ ।

बिहीबार कारोबार रकममा समेत गिरावट आएको छ । आज ८९ लाख १ हजार १९५ कित्ता शेयर ५० हजार २८८ पटक किनबेच हुँदा कुल ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँको कारोबार भएको छ । बुधबार ११.६० अंकले घटेको नेप्से ४ अर्ब २ करोड भन्दा बढीको कारोबार भएको थियो।

यस दिन ३३३ धितोपत्रको कारोबार हुँदा १८८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ४७ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।

बिहीबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूच २.२३ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार समूहको १.३९, उत्पादनमुलक समूहको १.१७, जीवन बीमाको ०.९९, लघुवित्तको ०.९५, निर्जीवन बीमाको ०.६६, होटल एन्ड टुरिजमको ०.५१, हाइड्रोपावरको ०.४५, विकास बैंकको ०.४३ र लगानी समूहको उपसूचक ०.२० प्रतिशतले घटेको छ ।

आज म्युचुअल फन्डको ०.०७ र अन्य समूहको उपसूचक ०.९५ प्रतिशतले बढेको छ ।

बिहीबार बिहीबार त्रिशुली जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक अर्थात् ७.०९ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस