काठमाडौं, १२ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ दशमलव ६० अङ्कले घटेको छ । आज नेप्से परिसुचक ११ दशमलव ६० अङ्कले घटेर २ हजार ६० दशमलव १६ को विन्दुमा बन्द भएको छ ।
आज ८७ लाख २७ हजार १६४ कित्ता शेयर ५४ हजार ७९३ पटक किनबेच हुँदा कुल ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रुपैयाँको कारोबार भएको छ । यस दिन ३०५ धितोपत्रको कारोबार हुँदा १८६ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ५७ धितोपत्रको मूल्य बढेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
बुधबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये तीन समूहको उपसूचक बढ्दा १० वटा समूहको उपसूचक घटेको छ । आज सबेभन्दा बढी विकास बैंक समूहको उपसूच १ दशमलव ०३ प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूहको ०.९१, बैंकिङ समूहको ०.६५, जीवन बीमाको ०.६१, हाइड्रोपावरको ०.५८, माइक्रोफाइस्नान्सको ०.४८, निर्जीवन बीमाको ०.३४, होटल एन्ड टुरिजमको ०.२९, उत्पादनमुलक समूहको ०.१६ र अन्य समूहको उपसूच ०.५८ प्रशितले घटेको छ ।
कारोबार भएका उपसूचकमध्ये आज फाइनान्स समूहको उपसूचक ०.४५ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूहको ०.२२ प्रतिशतले बढेको छ भने म्युचुअल फन्डको ०.१४ प्रतिशतले बढेको छ ।
आइतबार नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ । त्यस्तैै सिभ श्री हाइड्रोपारको ७.२६, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.१३, मुक्तिनाथ कृषि कम्पनीको ६.५०, स्वाभीमान लघुवित्त वित्तीय संस्थाको ५.१० र प्रभु स्मार्ट फन्डको ५.०५ प्रतिशतले बढेको छ ।
आज साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.३८ प्रतिशतले घटेको छ । त्यस्तै हिमालय उर्जा विकास कम्पनीको ५.२५, मिड सोलू हाइड्रोपावरको ४.२६, साम्लिङ पावर कम्पनीको ४.११ र सिटिजन्स म्युचुअल फन्ड–१ को ३ दशमलव ७८ प्रतिशतले घटेको छ ।