• ताजा समाचार, प्रदेश

    फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन सर्वाेच्चको आदेश

     123 Views
    फणिन्द्र देवकोटालाई प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन सर्वाेच्चको आदेश

    काठमाडौं, १० असार । सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेशसभा सदस्यका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले देवकोटालाई माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।

    उक्त आदेशसँगै देवकोटाले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न पाउनेछन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ह्वीप उल्लंघन गरेर विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो । माओवादीले गरेको कारबाहीको सूचना सभामुख कृष्ण धितालले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका थिए ।

    देवकोटा २०७९ को प्रदेशसभा चुनावमा माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए । तर, उनले आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए ।

     

     

    यसमा तपाइको मत

    Facebook Comment