आइतबार ५.३७ अङ्कले घट्यो नेप्से, ४३७ करोडको कारोबार

अनलाइनसमय |
१० असार २०८१
आइतबार ५.३७ अङ्कले घट्यो नेप्से, ४३७ करोडको कारोबार

काठमाडौं, ९ असार । साताको सुरुको कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ दशमलव ३७ अङ्कले घटेको छ । आइतबार नेप्से परिसुचक ५ दशमलव ३७ अङ्कले घटेर २ हजार ६२ दशमलव ९४को विन्दुमा बन्द भएको छ ।

आज ९५ लाख ६१ हजार ७ सय २७ कित्ता शेयर ६१ ह्जार ५१३ पटक किनबेच हुँदा कुल ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रुपैयाँको कारोबार भएको छ । यस दिन ३१७ धितोपत्रको कारोबार हुँदा १६४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७८ धितोपत्रको मूल्य बढेको छ भने ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आइतबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये तीन वटा समूहको उपसूचक बढ्दा १० वटा समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी लघुवित्त समूहको उपसूचक १ दशमलव २३ प्रतिशतले घटेको छ । त्यस्तै होटल एन्ड टुरिजमको १.१०, लगानी समूहको ०.६१, जीवन बीमाको ०.५४, उत्पादनमुलक समूहको ०.४५, बैंकिङको ०.४०, म्युचुअल फन्डको ०.३४, निर्जीवन बीमाको ०.१२ विकास बैंकको ०.१० र हाइड्रोपावरको ०.०६ प्रतिशतले घटेको छ ।

आज फाइनान्स समूहको उपसूचकमा सर्वाधिक वृद्धि भएको छ । सो समूहको उपसूचक ५ दशमलव ४९ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूहको उपसूचक ०.६६ प्रतिशतले बढ्दा अन्य समूहको उपसूचक ०.२५ प्रतिशतले बढेको छ ।

आइतबार चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा रिलायन्स फाइनान्स लिमिटेड, गणपती लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी छन् । नेपाल फानान्स लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बुद्ध भुमी नेपाल हाइड्रोपार कम्पनीको ८.१७, मंदाकिनी हाइड्रोपावर लिमिटेडको ८.०२, पोखरा फाइनान्स लिमिटेडको ६.९५, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.८५ र समृद्धी फाइनान्सको ६.७९ प्रतिशतले बढेको छ ।

आज ग्लोबल आइएमई लघुवित्त संस्थाको शेयर मूल्य ६.५८ प्रतिशतले घटेको छ । त्यस्तै सन्राइज ब्लूचिप फन्डको ५.२४, कालिका लघुवित्त वित्तीय संस्थाको ५.१८, उपकार लघुवित्त वित्तीय संस्थाको ५.११ र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ४.४२ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस