काठमाडौं, २ असार । साताको सुरुको कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से परिसुचक १७ दशमलव ०४ अङ्कले घटेर २ हजार ९५ दशमलव २५ को विन्दुमा बन्द भएको छ ।
आज १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ७१ ह्जार ९९७ पटक किनबेच हुँदा कुल ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । यस दिन ३१७ धितोपत्रको कारोबार हुँदा १७७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६४ धितोपत्रको मूल्य बढेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आइतबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये होटल एन्ड टुरिजमको बाहेक सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी लघुवित्त समूहको उपसूचक १.७१ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंकको १.२०, उत्पादनमुलक समूहको ०.९५, बैंकिङ समुहको ०.८५, लगानी समूहको ०८२, फाइनान्सको ०.७४, निर्जीवन बीमाको ०.६३, जीवन बीमाको ०.३६, हाइड्रोपावरको ०.२३, म्युचुअल फन्डको ०.१८, व्यापार समूहको ०.०९ र अन्य समूहको उपसूचक १.१२ प्रतिशतले घटेको छ । आज होटल एन्ड टुरिजमको उपसूचक ०.०४ प्रतिशतले बढेको छ ।
आइतबार नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मनकामना स्मार्ट लघवित्त वित्तीय संस्थाको ९.०९, सिभरुश्री हाइड्रोपावरको ८.१७, कुथेली बुखारी स्मल हाइड्रोपावरको ७.३५ र दिव्यश्वरी हाइड्रोपावरको ६.७१ प््रतिशतले शेयर मूल्य बढेको छ ।
आज बागेश्वरी हाइड्रोपावर डिभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सकिृट लागेको छ । त्यस्तै समृद्धी फाइनान्स कम्पनीको ६.११, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ५.४९, मुक्तिनाथ कृषि कम्पनीको ५.१६, प्रभु स्मार्ट फन्डको ५.११ र सबैको लघुवित्त वित्तीय संस्थाको ५प्रतिशतले शेयर मूल्य घटेको छ ।