• ताजा समाचार, प्रदेश

    गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा पदमुक्त

     78 Views
    गण्डकीमा फ्लोर क्रस गरेका देवकोटा पदमुक्त

    काठमाडौं, ३२ जेठ । गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् । प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन् ।

    नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन लडेका थिए । माओवादी संसदीय दलको ह्वीप उल्लंघन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको भोलिपल्टै उनी ऊर्जामन्त्री बनेका थिए ।

    तर माओवादी केन्द्रले ह्वीप उल्लंघनमा कारबाही गर्दै सभामुखलाई पत्र दिएको थियो । यससँगै सांसदसँगै मन्त्री पद पनि गएको छ ।

     

     

    यसमा तपाइको मत

    Facebook Comment