९.३२ अङ्कले घटेको शेयर बजारमा करिब साढे ६ अर्बको कारोबार

अनलाइनसमय |
३१ जेठ २०८१
९.३२ अङ्कले घटेको शेयर बजारमा करिब साढे ६ अर्बको कारोबार

काठमाडौं, ३१ जेठ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव ३२ अङ्कले घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ३२ अङ्कले घटेर २१ सय १२ दमलव २९ को विन्दुमा बन्द भएको छ ।

बिहीबार शेयर बजार घट्दा पनि कारोबारमा भने उल्लेखनिय सुधार भएको छ । नेप्सेका अनुसार आज करिब साढे ६ अर्बको कारेबार भएको छ । १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर ७७ हजार ४०० पटक किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रुपैयाँको कारोबार भएको छ । बुधबार ५ अर्ब ८९ करोडभन्दा बढीको कारोबार भएको थियो ।

यस दिन ३१२ धितोपत्रको कारोबार हुँदा १४७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९४ धितोपत्रको मूल्य बढेको छ भने ५ वटा धितोपत्रको मूल्य स्थिर छ ।

बिहीबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये विकास बैंक र फाइनान्स समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी उत्पादनमुलक र व्यापार समूहको उपसूचक समान १ दशमलव ०३ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमाको ०.८२, लगानी समूहको ०.६४, हाइड्रोपावरको ०.५९, जीवन बीमाको ०.५१, बैंकिङ समूहको ०.४३, माइक्रोफाइनान्सको ०.३८, होटल एन्ड टुरिजमको ०.१५, म्युचुअल फन्डको ०.११ र अन्य समूहको उपसूचक ०.८१ प्रतिशतले घटेको छ ।
आज फाइनान्स र विकास बैंक समूहको उपसूचक क्रमशः २.०३ र १.३१ प्रतिशतले बढेको छ ।

बिहीबार समृद्धी फाइनान्स कम्पनी र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै साधना लघुवित्त वित्तीय संस्थाको ९.९९, सप्तकोशी डिघलपमेन्ट बैंकको ९.८२, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ९.७४, मनकामना स्मार्ट लघुवित्तको ९.२७ गुडवील फाइनान्सको ८.८४, बरुण हाइड्रोपावरको ८.४४ र सन्राइज फ्रस्ट म्युचुअल फन्डको ५.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज मिड सोलू हाइड्रोपावरको कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै भगवती हाइड्रोपावरको ८.२७, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ७.७८, कुमारी धनवृद्धी योजनाको ५.८३ र माहुली लघुवित्त वित्तीय संस्थाको ५.६२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस