काठमाडौं, २९ जेठ । मधेश प्रदेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम ल्याउने भएको छ ।
नीति तथा कार्यक्रमको लागि आज दिउँसो २ बजे मधेश प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
उनले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीती तथा कार्यक्रम प्रदेश प्रमुख भण्डारीले प्रस्तुत कार्यक्रम गर्ने तयारी छ ।
मधेश प्रदेशमा जेठ २५ मा ६ दलको समर्थनमा जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्री नियुक्त भएका थिए ।