कोशीको विकास परिषद्मा १५ सदस्य मनोनीत

अनलाइनसमय |
२८ जेठ २०८१
कोशीको विकास परिषद्मा १५ सदस्य मनोनीत

काठमाडौं, २८ जेठ । कोशी प्रदेशको प्रदेश विकास परिषद्मा १५ जना सदस्य मनोनीत भएका छन् । यही जेठ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद् सदस्य मनोनीत गरेको हो ।

सरकारले झापा गौरादह–१ का जीतबहादुर कार्की, विराटनगरका उद्योगी महेशकुमार जाजु, नविन रिजाललाई मनोनीत गरेको छ ।

त्यस्तै अन्य मनोनीत हुनेमा झापा दमककी राधीका ओझा, झापा हल्दीबारीका भवानीप्रसाद दंगाल, विराटनगरकी प्रतिभा रिजाल, विराटनगरकै उद्योगी प्रकाश मुन्दडा, संखुवासभाकी बबिता कटुवाल, काठमाडौंका सुयस प्याकुरेल, उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, बूढीगंगा मोरङकी रिता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे, विराटनगरकै राधा अधिकारी, सर्लाहीका एकचन्द्र बराल र विराटनगरकै टिकाराम पुरी छन् ।

प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठन सम्बन्धी व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस