४.५९ अङ्कले घटेको नेप्सेमा सवा ५ अर्ब भन्दा बढीको कारोबार, ४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सकिर्ट

अनलाइनसमय |
२७ जेठ २०८१
४.५९ अङ्कले घटेको नेप्सेमा सवा ५ अर्ब भन्दा बढीको कारोबार, ४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सकिर्ट

काठमाडौं, २७ जेठ । साताको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ५९ अङ्कले घटेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले घटेर २ हजार ७३ दशमलव १९ को विन्दुमा बन्द भएको छ ।

तर, आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने सवा ५ अर्ब नाघेको छ । गत हप्ताको कारोबारको अन्तिम दिन अर्थात् बिहीबार ४ अर्ब ३८ करोडक मात्र कारोबार भएको नेप्से आज बढेर कुल ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको छ ।

आज १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर ६९ हजार २१९ किनबेच भएको छ । त्यस्तै ३१३ धितोपत्रको कारोबार हुँदा १४७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९७ धितोपत्रको मूल्य बढेकोे छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक घट्दा ५ वटा समूहको उपसूचक बढेको छ ।
आज सबैभन्दा बढी होटल एन्ड टुरिजम समूहको उपसूचक २.९२ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावरको ०.९६, उत्पादनमुलक समूहको ०.५० र लगानी समूहको उपसूचक ०.४३ प्रतिशतले बढेको छ ।

कारोबार भएकामध्ये आज सबैभन्दा बढी व्यापार समूहको उपसूचक १ दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्तको १.०९, बैंकिङ समूहको ०.९६, फाइनान्सको ०.९१, जीवन बीमाको ०.६८, विकास बैंकको ०.५९, निर्जीवन बीमाको ०.४५ र म्युचुअल फन्डको उपसूचक ०.३१ प्रतिशतले घटेको छ ।

आइतबार ४ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकरात्मक सर्किट लाग्ने कम्पनीमा इस्टर्न हाइड्रोपावर लिमिटेड, सुभम पावर, सिटी होटल लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् । त्यस्तै, भगवती हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । अन्यमा समलिंगी पावर कम्पनीका ९.२८, सयमत्री हाइड्रोपावरको ८.९५, जानकी फाइनान्स कम्पनीको ८.२६, युनाइटेड आइडिआई मार्डी आरबी हाइड्रोपावकारको ७.९३ र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको ७.४२ प्रतिशतले बढेको छ ।

आज बुद्धभूमी नेपाल हाइड्रापावरको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै पोखरा फाइनान्सको शेयर मूल्य ७.१२ प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६.६१, माई खोला हाइड्रोपावरको ५.३४ र मिड सोलू हाइड्रोपावरको ४.५२ प्रतिशतले घटेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस