काठमाडौं, २७ जेठ । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन उत्रिएका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि प्रदेश योजना आयोग कोशी प्रदेशको १झ ६४४ नम्बरको गाडीमा गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन् ।
मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो।
उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ । त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेको हो ।
निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले नगर प्रहरीमाथि आक्रमण गरेका थिए ।