काठमाडौं, २४ जेठ । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । बिहिबार नेप्से परिसूचक १ दशमलव ९३ अङ्कले घटेर २ हजार ७७ दशमलव ७८ को विन्दुमा बन्द भएको छ ।
आज कारोबारमा पनि सामान्य सुधार भई ४ अर्ब नाघेको छ । नेप्सेका अनुसार आज ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ५९ हजार ६५० पटक किनबेच हुँदा कुल ४ अर्ब ३८ करोड ८२ लाख७८ हजार ७२० रुपैयाँको कारोबार भएको छ ।
बिहिबार ३२२ धितोपत्रको कारोबार हुँदा १३५ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १०१ धितोपत्रको मूल्य बढेकोे छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ ओटा समुहको उपसूचक घटेको छ भने ५ वटा समूहको उपसूचक घटेको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसुचक २ दशमलव ०८ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ समूहको ०.६९, उत्पादनमुलक समूहको ०.६४, विकास बैंकको ०.६०, निर्जीवन बीमाको ०.३७, जीवन बीमाको ०.२४, म्युचुअल फन्डको ०.२९ र अन्य समुहको उपसूचक ०.१६ प्रतिशतले घटेको छ ।
कारोबार भएका उपसूचकमध्ये आज सबैभन्दा बढी व्यापार समूहको १ दशमलव ९६ प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको ०.९१, हाइड्रोपावरको ०.८२, लगानी समूहको ०.४८ र होटल एन्ड टुरिजम समूहको उपसूचक ०.११ प्रतिशले बढेको छ ।
शुक्रबार इन्जिनियरिङ नेपाल लिमिटेड र मिड सोलू हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनीको ९.८८, माण्डु हाइड्रोपावरको ८.४३, सुपर माडी हाइड्रोपावरको ७.५८, सिटिजन्स म्युचुअल फन्ड–२ को ०७, मंदाकिनी हाइड्रोपारिको ६.७७ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ६.७७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा बढी माइखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य घटेको छ । कम्पनीको शेयर मूल्य ६.४० प्रतिशतले घटेको छ । त्यस्तै ज्योती विकास बैंक बोन्ड २०८७ को ५.५३, नारायणी डिभलपमेन्ट बैंकको ५.३१, पोखरा फाइनान्स लिमिटेडको ५.१२ र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ४.५६ प्रतिशतले शेयर मूल्य घटेको छ ।