इटहरी चोकमा गुडिरहेको कारमा आगलागी

अनलाइनसमय |
७ मंसिर २०८३
इटहरी चोकमा गुडिरहेको कारमा आगलागी

काठमाडौं, ७ मंसिर । सुनसरीको इटहरी मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा अचानक आगलागी भएको छ । सोमबार बिहान पाँच जना सवार पेट्रोल कारमा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

आगो तीव्र रूपमा फैलिएपछि कार पूर्ण रूपमा जलेर नष्ट भएको छ । गाडीमा ठूलो क्षति भए पनि कारमा सवार पाँचै जना सकुशल रहेको बताइएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस