काठमाडौं, ७ मंसिर । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ४ हजार ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतिततोला सुन २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार सुन तोलामा २ लाख ४२ हजार ६ रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार ११० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।