काठमाडौं, २ मंसिर । नेपाल राष्ट्र बैंकले काम नलाग्ने ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबर नोट नष्ट गरेको छ । गत आर्थिक वर्ष राष्ट्र बैंकले चलनचल्तीमा पठाउन नमिल्ने नोट नष्ट गरेको हो ।
.२०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरू एवं सर्वसाधारणले बैंकमा जम्मा गरी सट्टाभर्ना लिएका झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट ब्रिकेट बनाइएको राष्ट्र बैंकले जनाएको छ ।
बैंकसँग २०८३ असार मसान्तमा विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार बराबर नयाँ नोट मौज्दात रहेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष यो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो ।