१२.७९ अङ्कले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

अनलाइनसमय |
१ मंसिर २०८३
१२.७९ अङ्कले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

काठमाडौं, १ मंसिर । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ७९ अंकले घटेर दुई हजार ६३६ दशमलव १ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ८६ धितोपत्रको शेयर मूल्य बढ्दा १८५ को घटेको छ । यस्तै ९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५३ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार म्युचुअल फण्ड शून्य दशमलव १२ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ । यसदिन होटेल तथा पर्यटन समूह सर्वाधिक १ दशमलव २१ प्रतिशतले घटेको छ ।

आज अपर लोहोरे खोला हाइड्रोपावर ११ दशमलव ८४, अप्पलो हाइड्रोपावर ५ दशमलव ६५, कुमारी इक्वीटि फण्ड ५ दशमलव ६४, माउण्ट एभरेष्ट पावर डेभलवमेन्ट ५ दशमलव ५० र सेन्ट्रल फाइनान्सको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।

यसदिन एभरेष्ट कलर ५ दशमलव ३६, सीवाइसी नेपाल लघुवित्त ४ दशमलव ८६, विजय लघुवित्त ४ दशमलव ४९ र बेनी हाइड्रोपावर शेयर मूल्य ४ दशमलव १२ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस