एमाले स्थायी कमिटी बैठक बस्दै

अनलाइनसमय |
१ मंसिर २०८३
एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १ मंसिर । नेकपा (एमाले)ले आज स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

भोलिदेखि सुरु हुन लागेको पार्टीको राष्ट्रिय भेलाको पूर्वतयारीका लागि स्थायी कमिटी बैठक आह्वान गरिएको जनाइएको छ ।

राष्ट्रिय भेलाअघि बस्न लागेको बैठकमा भेलासम्बन्धी तयारी र अन्य पार्टीगत विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस