काठमाडौं, १९ कात्तिक । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ कारोबार भएको थियो ।
त्यस्तै, चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला तीन हजार ६५५ रुपैयाँ किनबेच भएको थियो ।