कर्णाली प्रदेशसभा सचिव खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनसमय |
१७ कार्तिक २०८३
कर्णाली प्रदेशसभा सचिव खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १७ कात्तिक । कर्णाली प्रदेशसभाका सचिव डा. अर्जुनकुमार खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तत्कालीन कानुन तथा न्याय मन्त्रालयका उपसचिव रहेका खड्कालाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिसँग सम्बन्धित जग्गा सट्टापट्टा तथा बिक्री प्रकरणमा प्रतिवादी बनाई विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

खड्का हाल कर्णाली प्रदेशसभा सचिवालयका सचिव हुन् । आयोगले मंगलबार खड्कासहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसमेत प्रतिवादी छन् ।

यही प्रकरणमा तत्कालीन उपसचिव खड्का प्रतिवादी बनेका हुन् । अख्तियार प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन कानुन तथा न्याय मन्त्रालयका उपसचिव खड्कासहित उद्योग मन्त्रालयका तत्कालीन उपसचिवहरू नुरप्रताप कडेर र ध्रुवप्रसाद सापकोटा, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन उपसचिव हरिहर पन्त, शाखा अधिकृत बलराम निरौला र अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लक्ष्मण थापा क्षेत्रीलाई एउटै समूहमा प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँबराबरको बिगो मागदाबी अख्तियारले गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस