६.६२ अङ्कले बढ्यो नेप्से, ५ अर्ब ६५ करोडको कारोबार

अनलाइनसमय |
१७ कार्तिक २०८३
६.६२ अङ्कले बढ्यो नेप्से, ५ अर्ब ६५ करोडको कारोबार

काठमाडौं, १७ कात्तिक । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६ दशमलव ६२ अंकले बढेर दुई हजार ६६४ दशमलव १३ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब १८ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १४३ धितोपत्रको शेयर मूल्य बढ्दा १२२ को घटेको छ । यस्तै १४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४९ धितोपत्र कारोबारमा आएका छन् ।

यस्तै होटेल तथा पर्यटन १ दशमलव ०७, बैंकिङ शून्य दशमलव ५२, हाइड्रोपावर शून्य दशमलव ३१, व्यापार शून्य दशमलव १५, माइक्रोफाइनान्स शून्य दशमलव १३, म्युचुअल फण्ड शून्य दशमलव ०९, विकास बैंक शून्य दशमलव ०६ र निर्जीवन बीमासमूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले बढेको छ ।

यसदिन उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लगानी शून्य दशमलव ०४, अन्य शून्य दशमलव ०२ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेको छ ।

आज शिखर पावर डेभलवमेन्ट ५ दशमलव ९४, रिभर फल्स पावर ५ दशमलव ८, प्रभु सेलेक्ट फण्ड ४ दशमलव १४, त्रिशुली जल विद्युत् ३ दशमलव ७७ र एनआइसी एशिया बैंकको शेयर मूल्य ३ दशमलव २३ प्रतिशतले बढेको छ ।

यसदिन बेनी हाइड्रोपावर पावर ५ दशमलव ०४, चितवन हाइड्रोपावर ४ दशमलव ९४ र स्वाभिमान लघुवित्तको शेयर मूल्य २ दशमलव ९९ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस