Deprecated: File Theme without header.php is deprecated since version 3.0.0 with no alternative available. Please include a header.php template in your theme. in /home/u846431148/domains/onlinesamaya.com/public_html/wp-includes/functions.php on line 6260
सरकार स्वेच्छाचारी बाटोमा अघि बढ्यो : गगन थापा – Onlinesamaya.com सरकार स्वेच्छाचारी बाटोमा अघि बढ्यो : गगन थापा – Onlinesamaya.com

[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

सरकार स्वेच्छाचारी बाटोमा अघि बढ्यो : गगन थापा

अनलाइनसमय |
१६ कार्तिक २०८३
सरकार स्वेच्छाचारी बाटोमा अघि बढ्यो : गगन थापा

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी र हुकुमी शैलीमा अघि बढ्न खोजेको आरोप लगाएका छन् । संविधान, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका सवालमा सरकारको पछिल्लो व्यवहारले चिन्ता बढाएको उनको भनाइ छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी विरोध भएपछि रिहा गर्ने सरकारी कार्यशैलीप्रति आपत्ति जनाए ।

शासकले आफ्नो इच्छालाई नै कानुन ठान्न थाले देशमा समस्या उत्पन्न हुने उल्लेख गर्दै उनले सरकारको पछिल्लो प्रवृत्ति चिन्ताजनक रहेको बताए ।

‘हामीले जे बोल्यौँ, त्यही नै हुकुम हो र सरकारको इच्छा नै कानुन हो भन्ने सोच जब शासकमा आउँछ, तब देशमा समस्या सुरु हुन्छ,’ उनले भने ।

थापाले कानुनको पालना नागरिकले मात्रै नभई सरकारले पनि गर्नुपर्नेमा जोड दिए । सरकारका कामकारबाही संविधान र कानुनी व्यवस्थाअनुसार हुनुपर्ने उनको भनाइ थियो ।

यसैगरी, उनले विचौलियासम्बन्धी विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने बताएका छन् । उक्त प्रकरणमा संलग्न सबैको पहिचान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस