[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='single-above-news']
[gam_ad_position alias='single-above-news']

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क, कुन सवारीलाई कति ?

अनलाइनसमय |
१३ कार्तिक २०८३
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क, कुन सवारीलाई कति ?

काठमाडौं, १२ कात्तिक । नागढुङ्गा–नौबिसे सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार सूचना जारी गर्दै उक्त मितिदेखि शुल्क संकलन सुरु गरिने जनाएको हो ।

सडक बोर्ड नेपालको कार्यकारी समितिले गत असोज १२ गते गरेको निर्णयअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट दस्तुर उठाउन लागिएको आयोजनाले स्पष्ट पारेको छ । सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै सवारीसाधनको वर्गअनुसार टोल शुल्क निर्धारण गरेको थियो ।

निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

त्यस्तै, मिनीबस तथा मिनी टिपर÷ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ ।

बस तथा सिंगल रियर एक्सल भएका ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी, मल्टिएक्सल ट्रक तथा अन्य सवारीसाधन र भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ तथा बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

[gam_ad_position alias='single-after-news']
[gam_ad_position alias='single-after-news']

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-comment']
[gam_ad_position alias='single-after-comment']

खोज्नुहोस