मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

अनलाइनसमय |
२३ जेठ २०८१
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

काठमाडौं, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए ।

सरकारबाट नेकपा माओवादी केन्द्र र एमाले बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो । अहिले जसपा नेपाल नेतृत्वको प्रदेश सरकारमा एकीकृत समाजवादी सामेल छ ।

वैशाख २३ मा मुख्यमन्त्री यादव रहेको जसपा नेपाल विभाजन भएको थियो । ३० वैशाखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले सरकारबाट समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सो व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभामा जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र एकीकृत समाजवादीका ७ जना सांसद छन् । यस आधारमा मुख्यमन्त्रीसँग ५६ जना सांसदको समर्थन रहन्छ । १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ ।सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले पनि मंगलबार समर्थन फिर्ता लिंदा मुख्यमन्त्री यादव सदनमा विश्वासको मत नपाउने निश्चित देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस