बुढीगण्डकीको बाढीले ५७ घर बगायो, आरुघाटको पक्की पुल पनि क्षतिग्रस्त

अनलाइनसमय |
२५ असोज २०८३
बुढीगण्डकीको बाढीले ५७ घर बगायो, आरुघाटको पक्की पुल पनि क्षतिग्रस्त

धादिङ, २५ असोज । बुढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित आरुघाटको विशालनगर क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले ५७ घर बगाएको गाउँपालिका अध्यक्ष राजु उप्रेतीले जानकारी दिएका छन् ।

बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित मोटरेबल पक्की पुलसमेत बगाएको छ । पुल बगाएसँगै दुई जिल्लाबीचको आवागमन ठप्प भएको छ । गोरखा र धादिङ हुँदै काठमाडौं जोड्ने वैकल्पिक सडक सञ्जालसमेत अवरुद्ध भएको छ ।

बाढीबाट स्थानीय बासिन्दा प्रभावित भएका छन् भने पुल र सडकमा भएको क्षतिले यातायात सञ्चालनमा थप कठिनाइ उत्पन्न गरेको छ । गाउँपालिकाका अनुसार हालसम्म उक्त क्षेत्रमा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस