काठमाडौं, २३ असोज । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।