casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

आगामी तीन दिन नदीमा जलसतह बढ्ने, यी जिल्लामा आकस्मिक बाढीको जोखिम

अनलाइनसमय |
२९ भदौ २०८३
आगामी तीन दिन नदीमा जलसतह बढ्ने, यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं, २९ भदौ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदी तथा सहायक नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ । सोमबार जारी बुलेटिनअनुसार कोशी, नारायणी, महाकालीलगायतका नदीमा जलसतह उल्लेख्य बढ्ने देखिएको हो ।

महाशाखाका अनुसार सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, देवघाटस्थित नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकीमा आगामी तीन दिन जलसतह उल्लेख्य बढ्नेछ। महाकाली नदीमा पनि तीनै दिन जलसतह बढ्ने अनुमान गरिएको छ ।

यस्तै कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती तथा बबई नदीमा भने सामान्य वृद्धि हुने महाशाखाले जनाएको छ । यद्यपि, हालसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।

आज सङ्खुवासभा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, जाजरकोट, दैलेख, सुर्खेत, कालिकोट, हुम्ला, बझाङ र बाजुरालगायतका जिल्लामा बहने साना नदीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

भोलि सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेशका केही साना नदीमा बहाव आकस्मिक बढ्न सक्नेछ । पर्सि भने कोशी र मधेस प्रदेशका केही साना नदीमा आकस्मिक बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

809076553_122232871778355476_40004746356123763_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun