भोटेकोशी बाढीपीडितका लागि एनसीसीएस समूहद्वारा १० लाख सहयोग

अनलाइनसमय |
१५ भदौ २०८३
भोटेकोशी बाढीपीडितका लागि एनसीसीएस समूहद्वारा १० लाख सहयोग

काठमाडौं, १५ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार र राहतका लागि एनसीसीएस समूहले १० लाख रुपैयाँ सहयोग गरेको छ । समूहअन्तर्गतका तीन शैक्षिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

नेसनल क्रिएटिभ को–एडु स्कुलले ३ लाख, एनसीसीएस हायर सेकेन्डरी स्कुलले ३ लाख र नेसनल कलेज अफ कम्प्युटर स्टडिज (एनसीसीएस)ले ४ लाख रुपैयाँ सहयोग गरेका छन् ।

बाढीका कारण रसुवालगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावितको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग जुटाउने क्रम जारी छ । सोही क्रममा सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी प्रभावितका लागि सहयोग गरिएको एनसीसीएस समूहले जनाएको छ ।

संस्थाका अनुसार विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र पुनर्स्थापनाका काममा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

सूचना प्रविधि तथा व्यवस्थापन शिक्षाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एनसीसीएस समूहले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस