कांग्रेस महाधिवेशन रोक्न माग गरिएको देउवा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता

अनलाइनसमय |
९ भदौ २०८३
कांग्रेस महाधिवेशन रोक्न माग गरिएको देउवा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गरिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले पेस गरेको छुट्टाछुट्टै पूरक रिट निवेदन सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको हो । उक्त निवेदन दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको छ ।

केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो ।

उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत् राखेर हालै केन्द्रीय निर्वाचन समितिले भदौ २४ देखि वडा अधिवेशन सुरू हुने गरी अधिवेशन तालिका प्रकाशित गरेको थियो ।

विशेष महाधिवेशनबारेको सर्वोच्चको निर्णय पुनरवलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो । त्यसैले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने पक्षमा देउवा र खड्कालगायत संस्थापनइतर पक्ष छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस