casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

कोलम्बियामा ७.४ म्याग्निट्यूडको भूकम्पपछि सङ्कटकाल घोषणा

अनलाइनसमय |
२६ साउन २०८३
कोलम्बियामा ७.४ म्याग्निट्यूडको भूकम्पपछि सङ्कटकाल घोषणा

काठमाडौं, २६ साउन । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्पका कारण कम्तीमा १३२ जना मानिसहरूको मृत्यु भएको छ भने ४८० भन्दा बढी घाइते भएका छन् ।

उद्धारकर्मीहरूले भत्किएका भवनमा फसेका मानिसहरूको खोजी गरिरहेका छन् । दशकौँपछि आएको विनाशकारी भूकम्पपछि देशमा आपत्काल घोषणा गरिएको छ ।
देशको भूगर्भ विभागका अनुसार स्थानीय समय अनुसार बिहान ७ः३४ बजे चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्निट्यूडको भूकम्प आएको थियो । यो भूकम्प पश्चिमी कोलम्बियाका सयौँ माइल टाढासम्मका विशाल भूभागहरूमा महसुस गरिएको थियो । भूकम्पको केन्द्रविन्दु चोको प्रान्तको सान जोसे डेल पाल्मार गाउँ नजिकै थियो ।

अधिकांश मृत्यु कोलम्बियाको कफी उत्पादन हुने क्षेत्रमा पर्ने पेरेरा शहरमा केन्द्रित भएका छन् भने वरपरका शहरहरू र भाले डेल काउका क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार शहरको महानगरीय क्षेत्रमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ६५ वटा भवनहरू भत्किएका छन् । तीमध्ये १५ वटा भवनमा मानिसहरू थुनिएको अनुमान गरिएको छ ।

मंगलवार बिहान ०५ः०० बजेसम्मका लागि शहरका केही भागमा कफ्र्यू लागू गरिएको छ ।

पेरेराभन्दा करिब १६० किलोमिटर दक्षिण र केन्द्रविन्दुबाट करिब २०० किलोमिटर टाढा रहेको काली शहरमा ३२ वटा भवनहरू भत्किएका छन् ।

यो भूकम्प भेनेजुएलाको उत्तरमा दुईवटा विनाशकारी भूकम्प आएको दुई महिना नबित्दै गएको हो, जसले ६,३०० भन्दा बढी मानिसको ज्यान लिएको थियो ।

कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले राष्ट्रिय विपद्को स्थिति घोषणा गरेका छन् । शुक्रबार मात्र पदभार ग्रहण गरेका नयाँ राष्ट्रपतिले तत्कालै आफ्नो कार्यकालको ऐतिहासिक घटनाको सामना गरिरहेका छन् । मृतकहरूसँगै उनले १ हजार ५०० भन्दा बढी घरहरूमा क्षति पुगेको पुष्टि गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun