काठमाडौं, २५ साउन । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ९ दशमलव ०२ अंकले घटेर दुई हजार ६४१ दशमलव ०६ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६७ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार हुँदा ६ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज ८२ धितोपत्रको शेयर मूल्य बढ्दा १८० को घटेको छ । यस्तै १४ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३५२ धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार माइक्रोफाइनान्स शून्य दशमलव १९, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, हाइड्रोपावार शून्य दशमलव ७ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।
यसैगरी व्यापार शून्य दशमलव ८६, बैंकिङ शून्य दशमलव ७२, जीवन बीमा शून्य दशमलव ६२, म्युचुअल फण्ड शून्य दशमलव ४८, अन्य शून्य दशमलव ४४, फाइनान्स शून्य दशमलव ४१, विकास बैंक शून्य दशमलव १२, होटेल तथा पर्यटन शून्य दशमलव ७ र लगानी समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले घटेको छ ।
आज कर्पोरेट डेभलवमेन्ट बैंक दरमखोला हाइड्रो इनर्जी ६, फस्ट माइक्रो फाइनान्स लघुवित्त ४ दशमलव ६१, अपर हेवाखोला हाइड्रोपावर ४ दशमलव ४७ र एसवाइ प्यानल नेपालको शेयर मूल्य ४ दशमलव २१ प्रतिशतले बढेको छ ।
यसदिन रिलायन्स समृद्धि योजना ९ दशमलव ७, आत्मनिर्भर लघुवित्त ८ दशमलव ८७, लक्ष्मी उन्नती कोष ५ दशमलव ८९ र एभरेष्ट कलरको शेयर मूल्य ५ दशमलव ११ प्रतिशतले ह्रास आएको छ ।